हेटौंडा । बागमती प्रदेशमा एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्री नियुक्त भएकी छन् । उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ बिना बिभागिय मन्त्रीमा नियुक्त गरेका हुन् ।

आलेलाई मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण गराउने गरि समय निर्धारण गरिएको बागमती प्रदेश प्रमुख कार्यालय, हेटौंडाले जनाएको छ ।

सांसद आलेलाई अहिले बिना बिभागिय मन्त्रीका रुपमा सपथ गराउने र एक साता भित्र बिभागिय जिम्मेवारी दिइने मुख्यमन्त्री कार्यालय श्रोतको दावि छ । सांसद आलेले पनि विना विभागीय मन्त्रीमा नियुक्त पाएको र एक साता भित्र मन्त्रालयको टुंगो लगाउने मुख्यमन्त्रीबाट आश्वासन पाएको बताइन् ।

सांसद आले एकीकृत समाजवादीका तर्फ प्रदेशमा प्रत्यक्ष निर्वाचित भएकी एक्ली महिला सांसद हुन् । उनि गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १० को प्रदेश ‘ख’ बाट निर्वाचित भएकी हुन् ।