हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला कमिटी मकवानपुरको अध्यक्षमा बिष्णु प्रसाद दहाल निर्विरोध निर्वाचित भएका छन ।

कमिटीको शनिवार र आइतवार भएको नवौँ जिल्ला अधिवेशनबाट तीन बर्षे कार्यकालका लागि दहाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन ।यसअघिका जिल्ला अध्यक्ष समेत रहनुभएका दहालको नेतृत्वमा ५८ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिवमा धु्रव बहादुर भुजेल, उपसचिवमा टंकबहादुर मोक्तान, बेगम बराल, कविन पन्त निर्विरोध भए । रिक्त रहेको एक उपाध्यक्ष र सदस्य पछि मनोनयन गरिने छ । निर्वाचित कमिटीको कार्यकाल तीन वर्षे रहने छ ।