हेटौंडा। हेटौंडा नगर मेयर मीनाकुमारी लामाले नगर विकास कोषको पहिलो बैठकमा सहभागितासहित सपथ लिएकी छन् । मंगलबार काठमाडौंमा उनले सपथ लिएकी हुन् ।

नगर विकास कोष सञ्चालक समितिको २०३ औं बैठकमा उनी सहभागी भएकी हुन् । बैठकमा कोषका सञ्चालक समितिका सदस्यहरुको स्वागत तथा सपथग्रहण र निवर्तमान सदस्यहरुको बिदाइ गरिएको थियो । कोषको आव २०७९/०८० को नीत, कार्यक्रम तथा तयारी उपसमिति गठन गरिएको छ ।

कोषका सञ्चालकहरुमा पोखराका मेयर धनराज आचार्य, हेटौंडाकी मेयर लामा, सूर्योदय नगर इलामका मेयर रणबहादुर राई, लमही नगर दाङका मेयर जोगराज चौधरी, बौधीमाई नगर रौतहटका मेयर प्रदीपकुमार यादब, लम्कीचुहा नगर कैलालीकी मेयर सुशीला शाहीलगायत १४ जना छन् ।
सहरहरुलाई सुन्दर र सफा बनाउने योजनासहित करिब ३ दशकअघि परिकल्पना गरिएको नगर विकास कोष आफ्नै हिसाबले काम गरिरहेको छ । सन् १९८९ मा विश्व बैंकको २।२ मिलियन अमेरिकी डलर सहयोग प्राप्तिस“गै नगर विकास कोषले सहरी पूर्वाधार विकासमा वित्तीय लगानी प्रवाह गर्न थालेको थियो । नगर विकास कार्यक्रमका लागि १९९५ मा जर्मन विकास बैंकमार्फत् प्राप्त ४।५ मिलियन युरो सहयोग ३२ नगरपालिकाको पूर्वाधार विकासमा खर्च गरियो । प्रथम चरणको कार्यान्वयन सफल भएसगै जर्मन विकास बैंकमार्फत् कोषलार्ई सहयोग निरन्तर भयो । सन् २००० मा नगर विकास कार्यक्रमको दोस्रो र २०१० मा तेस्रो चरणको योजना सञ्चालन भयो ।

विश्व बैंक, एशियाली विकास बैंक ९एडीबी० लगायत दातृ निकायको सहयोग लिएर काम गर्दै आएको कोषले नगरपालिका क्षेत्रमा बसपार्क, उद्यान, व्यवस्थित बजार, प्रशासकीय भवन, विद्यालय भवन, अस्पताल भवन, खानेपानी, व्यापारिक भवनलगायत १ हजार २ सयभन्दा बढी आयोजना लगानी गरेको छ । कोषले नेपाल सरकार, विश्व बैंक, एडीबी, जर्मन विकास बैंक, जीआईजेड, युएनसीडीएफ, ईयु डेलिगेसन टु नेपाल आदि विकास साझेदारको वित्तीय तथा प्राविधिक सहयोग परिचालन गरिरहेको छ ।

मुलुक संघीयतामा गएपछि स्थानीय तहहरु स्वायत्त र बलिया भएका छन् । नगर विकास कोष भने आफ्नै शैलीमा काम गरिरहेको छ । दीगो सहरी पूर्वाधार र सेवाप्रवाहको सुनिश्चिताका लागि ऋण परिचालनको विधिबाट संरचनाहरु निर्माण गरिनुपर्छ भन्ने मुल मर्मसाथ २०४५ फागुन २ गते नगर विकास कोष स्थापना भएको हो । पहिले समितिको रुपमा स्थापना भएकोमा २०५३ सालमा नगर विकास कोष ऐनद्वारा स्वायत्त संस्था नगर विकास कोषको रुप दिइयो ।

नेपाल सरकारको करिब १ करोड २९ लाख इक्विटी सेयरबाट थालनी भएको कोषले हाल नगरपालिका र साना सहरमा सहरी पूर्वाधार र सामाजिक पूर्वाधारका आयोजनाहरुमा आफ्नो सेवा विस्तार गर्दै कुल पु“जी करिब ५।८ अर्ब पु¥याएको छ । सहरी विकासका बहुआयामिक पक्षलाई समेटी एकीकृत सहरी पूर्वाधार विकासका लागि वैकल्पिक वित्तीय उपकरण सम्वद्र्र्धन तथा प्रवद्र्धन र सहरी विकासमा आवद्ध संस्थाको क्षमता विकासका कार्य गर्दै आएको छ ।

कोषले हालसम्म सहरी पूर्वाधारका रुपमा बसपार्क, व्यावसायिक भवन, नगरपालिका भवन, स्कुल भवन, मनोरञ्जन पार्क, फोहरमैला व्यवस्थापन, ढल व्यवस्थापनलगायत आयोजनामा ९ अर्ब ६१ करोड ऋण तथा २ अर्ब २९ करोड अनुदान लगानी गरिसकेको छ ।

आयोजनाको प्राविधिक, वित्तीय, संस्थागत्, वातावरणीय, कानुनीलगायत पक्षहरुको विश्लेषण गरेर कोषले आयआर्जन हुने खालका आयोजनामा आयोजना लागतको ९० प्रतिशत्सम्म लगानी गर्छ । नगर विकास कोष भनेको नगरपालिकाहरुको प्राविधिक र आर्थिक सल्लाहकार हो । नगरपालिकाहरुको पूर्वाधार विकासमा वित्तीय लगानीका लागि कोष आर्थिक र प्राविधिकरुपमा सक्षम छ ।

नगरपालिकाहरुलाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गर्न कोष सदैंव तत्पर रहन्छ । कोषले पूर्वाधार विकासमा वित्तीय लगानीमात्र हैन, आयोजना व्यवस्थापनमा समेत प्राविधिक सहयोग गर्ने हुनाले यसको छुट्टै महत्व छ । पूर्वाधारमा ऋण लगानी गर्ने एकमात्र सरकारी संस्था नगर विकास कोष हो । ऋण लगानीको लागि अन्य कुनै मध्यस्थकर्ता संस्था छैन । खानेपानी क्षेत्रका लागि एडीबीबाट नेपाल सरकारलार्ई प्राप्त ऋणको केही भाग कोषमार्फत् खानेपानी उपभोक्ता संस्थाहरुमा ऋण परिचालन भएको छ । कोषले यस्ता कार्यक्रमका ऋण लगानी र असुली गरेर सरकारलाई भुक्तानी गरिरहेको छ ।