विभिन्न देशहरुमा प्राविधिकलाई निर्धारित कार्यक्षेत्र दिइएको हुन्छ, सल्यक्रिया गर्ने, आफुखुसी औषधि दिने, क्यान्सरका औषधि चलाउने जस्ता धेरै कुराको अनुमति हुँदैन तर नेपालमा त्यसो स्थिति छैन । नेपालमा १८ महिने सह प्राबिधिक र ३ बर्षै प्राविधिकहरुले गर्ने काम र ५ बर्ष स्नातक गरेर डाक्टर भएकाले गर्ने कामको कुनै भिन्नता छैन, जटिल भन्दा जटिल सल्यक्रियादेखि क्यान्सरका औषधि चलाउन प्राविधिकहरु पछि पर्दैनन् । १८ महिना सह प्राबिधिक र ३ बर्षै प्राविधिकहरुलाई भेटेरिनरी नर्स पनि भन्ने गरिन्छ तर काम चाँहि डाक्टर सरह नै गर्छन । मेडिकल क्षेत्र हेर्ने हो भने भेटेरिनरी क्षेत्र निकै पिछडिएको देखिन्छ । नर्सको कार्यक्षेत्र नर्सिङ काउन्सिलले तोकेको हुन्छ र नर्सिङ लाइसेन्स पास गरेर मात्र काम गर्ने अनुमति हुन्छ ।

चिकित्सा क्षेत्रमा नर्सहरूले के काम गर्न सक्छन ?
भेटेरिनरी ३ बर्षे प्राबिधिक जस्तै ३ बर्षे डिपोमा पास गरेर नर्सिङ पेशामा आबद्ध हुन पाइन्छ । उनीहरुको कार्यक्षेत्र भित्र शारीरिक स्वास्थ्य परीक्षण गर्ने, बिरामीहरूलाई परामर्श, स्वास्थ्य सम्बन्धित शिक्षा प्रदान गर्ने, प्रयोगशालाका लागि रगत, पिसाव, अन्य तरल पद्धार्थ संकलन गर्ने, घाउको ड्रेसिङ, तथा ब्यान्डेज गर्ने, डाक्टरले लेखेको औषधि बिरामीहरुलाई समयमा प्रदान गर्ने आदि पर्दछ ।

नर्सले सल्यक्रियामा गर्न पाउदैनन् तर अनुभवि स्नातक स्टाफ नर्सहरू शल्यक्रियामा डाक्टरहरूसँग प्रत्यक्ष रूपमा काम गर्छन्, एनेस्थेसिया दिने, रक्तस्राव नियन्त्रण गर्न मद्दत गर्ने, जटिलताहरूको संकेतहरु हेर्ने, टाँकाहरू लगाउने, ब्यान्डेज लगाउने, शल्यक्रियाको समयमा आवश्यक पर्ने कुनै पनि तरिकामा सहयोग गर्ने गर्दछ तर डिपोमा ३ बर्षे नर्स (पि.सि.एल) ले सलिक्रियामा हिस्सा लिन पाउदैनन् । स्नातक गरेका नर्सहरुले पनि औषधि लेखन, सल्यक्रिया गर्न, क्यान्सरको औषधि चलाउन जस्ता कामहरु पाउदैनन् ।

सरकारद्वारा पशु चिकित्सा प्राविधिकहरूको नियमन गर्न निकाय छैन
नेपालमा प्राबिधिक काउन्सिल छैन प्राविधिकको कामलाई नियमन गर्ने कुनै पनि निकाय छैन जसले जो गर्दा पनि भएको छ, कतिपय प्राबिधिक आफुलाई डाक्टर सम्म भन्छन र डाकटरी गर्दै हिडछन् । बेला बखत सानो स्वरमा प्राविधिक काउन्सिल हुनुपर्ने आवाज त उठ्छ तर कार्यान्वय हुन सकेको छैन । भेटेरिनरी डाक्टरको लाइसेन्स परिक्षा हुने तर प्राविधिकहरुको नहुने, तर काम उस्तै भए डाक्टरले काउन्सिल पास गरेर उपचार गर्न पाउनुको के औचित्य ? यो भेटेरिनरी पेशा माथिको भद्दा मजाक र विभेदकारी हो ।

हाम्रो छिमेकी देश भारतमा प्राविधिकको कार्यक्षेत्र बिभाजन गरिएको छ, प्राविधिकले स्वास्थय परीक्षण, प्रजनन, खसी बनाउने, प्राथमिक औषधि उपचार, भ्याक्सिन, बाझोपन निवारण आदि काम गर्न पाउने अधिकार छ ।

सह भेटेरिनरी प्राविधिक र भेटेरिनरी प्राविधिकहरूको कामप्रति सिटिइभिटिको मार्गदर्शन
३० महिने प्राबिधिक र १८ महिने सह प्राविधिकलाई भेटेरिनरी आधारभुत शिक्षा मात्र प्रदान गरिन्छ । सिटिइभिटिको कोर्षमा प्राबिधिक वा सह प्राविधिकलाई शल्यक्रियामा डाक्टरहरूसँग प्रत्यक्ष रूपमा काम गर्न, एनेस्थेसिया दिन, डाक्टरले लेखेका औषधि प्रयोग गर्न टाँकाहरू लगाउन, ब्यान्डेज लगाउन, प्रयोगशालाको लागि रगत, पिसाब, दुध संकलन गर्ने जस्ता काम गर्न पाउने प्राबधान उल्लेखित गरिएको छ भने कुनै प्रकारको शल्यक्रिया गर्ने, क्यान्सरको औषधि चलाउने , अल्ट्रासाउन्ड मेसिन चलाउने, कुखुरा बाहेक पोस्टमार्टम गर्ने, डाक्टरको प्रेसक्रिपसन बिनाको औषधि चलाउने अधिकार दिइएको छैन ।

नेपालमा पशु चिकित्सक प्राविधिकहरूले गरेको कसुर
कतिपय सरकारी कार्यालयमा प्राविधिकहरु जटिल भन्दा जटिल शल्यक्रिया गर्न पछि पर्दैनन । आलुबाट कुहिएका भाग काटेर फालेको जस्तो शल्यक्रिया ठान्छन् र गर्छन कति ठाँउमा सियो धागोले घाउ सिलाइएको घटना पनि सुनिएको छ । शल्यक्रिया गर्नका लागि रक्तस्राव नियन्त्रण बिधि, शारिरिक संरचना ,फ्र्याक्चर प्रकारहरू, सविन (सुचर) प्रकारहरू, फिजियोलोजी, घाउ निको पार्ने प्रविधि, सिलाई(सुचर) प्रविधिहरुको बिस्तृत ज्ञान हुनुपर्छ तर यो बारे कुनै आधारभुत ज्ञान पनि नभइ शल्यक्रिया गर्नु पशुको जिवन संग खेलिनु हो यसले समाजमा पशु चिकित्सकको नकारात्मक छविको बिकास गर्छ ।

यस्तै गरि विभिन्न पशु कल्याणकारी संघ संस्था आबद्ध प्राविधिकहरुले “भिनकिर्सटिन” भनेने क्यान्सरमा प्रयोग हुने औषधि बाटोको कुकुरहरूलाई पाठेघर क्यान्सर भएको बेलामा बिना कुनै सुरक्षा अपनाई प्रयोग गरिएको पाइएको छ, यो औषधि प्रयोग गर्दा बिशेष सुरक्षा अपनाउनु पर्छ र बाटो मा प्रयोग गर्न हुँदैन तर कतिपय प्राविधिकहरुले व्यस्त शहरमा बिना कुनै सुरक्षा उपकरण प्रयोग गरि नकारात्मक असरलाई ख्याल नगरि प्रयोग गर्ने गरेको छन ।

यो औषधि निकै खतरनाक हुन्छ र कुकुरहरूको पिसाब र दिसामा ३ दिन सम्म यो औषधिको रेडियोधर्मी विकिरणहरू पाइन्छन् र कुकुरको दिसा र पिसाबका सम्पर्कका कुनै कुकुरहरू आए उनिहरुलाई नि क्यान्सर सर्ने सम्भावना हुन्छ र साना बच्चाहरु तथा जो कोहि मान्छेहरु रेडियोधर्मी विकिरणहरू सम्पर्कका आए बाँझोपन, रक्तअल्पता अन्य बिभिन्न रोग निम्त्याउन सक्छ ।

सरकारले यस सम्बन्धि कानुन बनाउन जरुरी छ र प्राविधिकको कार्यक्षेत्र निर्धारण गर्न जरुरी छ ।

लेखकः नेपाल भेटेरिनरी बिद्यार्थी संघका अध्यक्ष हुन् ।

अबिनाश ठाकुर
valterabinass@gmail.com
थप जानकारी