हेटौंडा । हेटौंडा–१९ बस्तीपुरमा रहेको निर्मल बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुका सरोज अर्याल विजयी भएका छन । अर्यालले १३२ मत प्राप्त गरि विजयी भएका हुन । उनका प्रतिद्वन्दी जय बहादुर रोक्काले ५२ मत प्राप्त गरेका थिए ।

यहाँ एमालेनिकट अनेरास्ववियु, नेकपा एसनिकट अनेरास्ववियू र विप्लवनिकट अखिल क्रान्तिकारीबीच गठबन्धन थियो भने नेपाली कांग्रेस निकट नेविसंघ, माओवादीनिकट अखिल क्रान्तिकारी र राप्रपानिकट राप्रविसंबीच गठबन्धन रहेको थियो ।