हेटौंडा । एमालेको सूर्य चुनाव चिह्न लिएर गएको आमनिर्वाचनमा प्रतिस्पर्धा गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो चुनावी खर्च निर्वाचन आयोगलाई बुझाएका छन् ।
थापाले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रु. १५,३७,३४० (पन्ध्र लाख सैंतीस हजार तीन सय चालीस रुपैयाँ) खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।
थापाका निर्वाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरणअनुसार सवारीसाधनमा दुई लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठी, अन्तरक्रिया शीर्षकमा दुई लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचारप्रसार सामग्रीमा एक लाख ७७ हजार नौ सय र प्रचारप्रसारका लागि छापा एवं विद्युतीय माध्यममा दुई लाख ५९ हजार चार ४० खर्च भएको उल्लेख गरिएको छ।
निर्वाचनमा थापाले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट सूर्य चिह्न लिएर चुनावी प्रतिस्पर्धा गरेका थिए । उनी राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएका थिए ।












प्रतिक्रिया दिनुहोस्