काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स आईपीओ बिक्री खुला भएको पहिलो दिनै फूलफिल भएको छ । त्यसो त कम्पनीको आईपीओ फूलफूल मात्र होइन माग गरेभन्दा तीन गुणा बढीनै आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि भनेर कूल १८ करोड ४५ लाख रुपियाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर बिक्री खुला गरेको छ । तर यसै दिन ५८ करोड ५८ लाख ६१ हजार रुपियाँ बराबरको ५८ लाख ५८ हजार ६१० कित्ताका शेयरका लागि आवेदन माग भएको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

फागुन २२ गते (आज) बेलुका ५ बजेसम्ममा ६ लाख ६५ हजार ४८८ जना सर्वसाधारणले ५८ लाख ५८ हजार ६१० कित्ताका लागि आवेदन दिएका हुन् । यो कूल माग गरेभन्दा ३.१८ गुणाले बढी हो ।

यसले बाँकी दिन चार दिनमा माग गरेभन्दा २०औं गुणा बढी आवेदन पर्ने देखाएको छ ।