हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीनाकुमारी लामाले सबै संग सहकार्य गरेर नगरको विकास गर्ने बताएकी छिन ।
आज हेटौंडामा भएको सपथग्रहण कार्यक्रमाम बोल्दै मेयर लामाले चुनाव प्राविधिक विषय रहेको भन्दै अब सबैको साथ,सहयोग र सहकार्यमा काम गर्ने बताइन ।
उनले नगरको विकास गर्न सबैलाई समेटेर अघि बढ्ने बताइन् । सबै दलको घोषणापत्र अनुसार काम गर्ने भन्दै अन्य दलको घोषणापत्रमा नगर विकासको समेटिएको मुद्दामा पनि बिचार गर्ने जिकिर गरिन । उनले हेटौंडा उपमहानगरपालिकालाई समृद्ध नगर बनाउने अठोट गरिन । नगरको विकासका लागि सबै एक भएर काम गर्ने उनले बताइन् ।












प्रतिक्रिया दिनुहोस्