मकवानपुरका धेरै स्थानहरुमा अझै बिजुली बत्ति बलेको छैन, स्वास्थ्य सेवा अस्तब्यस्त छ, शिक्षामा अझै विभेद कायमै छ, सार्बजनिक सम्पतिमा दल र तिनका आसेपासेको रजगज जतातेतै छ, युबाहरु रोजगारी नपाएर ५० डिग्रीको गर्मीमा बिदेशमा श्रम गर्न बाध्य छन्, त्यो बाध्यता यिनै दलहरुले शृजना गरेका हुन्, यी दल र तिनका नेताहरु लाई नेपाली युबा काठको बाकसमा प्याक भएर आउँदा यिनको मन दुख्दैन ? समाजमा बर्षौदेखि आफुहरु आम नेपालीको मुक्तिदाता भनेर भ्रम छरेकै छन् हो, मुख्यतः यहि भ्रम चिर्न आबस्यक छ–नो नट अगेन अभियान ।

हाइटेन्सन लाइन मुनि रुख रोपेर बर्सको ४ पटक टुप्पा काट्न बजेट खर्च गर्ने, मार्ग बनाउने होइन नदि खोला खहरे अनि बन्जर भुमिमा उत्पादन मुलक बिरुवा जरा तल सम्म अनि जाने हागा फैलने अनि टुप्पा माथी सम्म जाने मोडलको बिकासका लागि हो, नो नट अगेन अभियान ।

मानिसको उमेर भन्दा बढी समय लागेर हुर्किएका सालका रुख काटेर डाडाँको टुप्पोमा भ्यू टावर ठड्याउँन हुँदैन भनेर मकवानपुरे दल र नेताहरु लाई बुझाउँने अभियान पनि हो, नो नट अगेन अभियान ।

खुल्ला चौर ब्यापारीलाई हस्तान्तरण गर्न रोकेर भबितब्यमा सबैको आश्रय स्थल बनोस् अनि बिद्यालय, पसल कबल बनायर व्यापार गराउँने होइन शिक्षा प्रदान गर्नकालागी प्रयोग होस भन्ने उदेश्यले आएको हो, मकवानपुरमा नो नट अगेन अभियान ।

दलमा तीन दशकदेखि उहीँ उम्मेदवार रहनुले क्षमता भएका  युबाहरुले अवसर नपाउँदा दलहरु नै निकम्मा र आउट डेटेड भएका छन् । दलहरु लाइनै सबल सक्षम अनि शशक्त बनाउँने आबश्यक अभियान हो, नो नट अगेन अभियान ।

अतः यो पटक सम्पुर्ण मकवानपुरबासिले नो नट अगेन भन्ने छन्, अनि अर्को पटक बृद्ध भत्ता लिने र आसपास उमेरकाहरु राजनैतिक सल्लाहकार रहेर युबालाई अबसर दिनेछन्, तसर्थ मकवानपुरमा नो नट अगेन अभियान अझ शशक्त हुन जरुरी छ ।

सरोज न्यौपाने
थप जानकारी