हेटौँडा । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले सीप बर्ष घोषणाको तयारी गरेको बताइन् । राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा नीजि क्षेत्रसँग सहकार्य सम्बन्धि छलफल कार्यक्रमलाई आइतवार हेटौँडामा सम्बोधन गर्दै युवा परिषद् मार्फत छ हजार युवालाई तालिम दिइएको बताउँदै सीप बर्ष घोषणाको तयारी गरेको बताइन् ।
उनले दक्ष भएको ज्ञानसीप हुँदा पनि सीप प्रमाणिकरणा नहुँदा समस्या भएको बताइन् । आगामी बजेटमा दक्ष जनशक्ति उत्पादनमा प्रदेश सरकार लाग्ने उनको भनाइ छ ।
सामाजिक विकास मन्त्रालयको आयोजना एवम् नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहकार्यमा छलफल कार्यक्रम भएको हो । कार्यक्रममा मन्त्रालयका उप सचिव गोपाल प्रसाद खरेलले सरकार र नीजि क्षेत्रको सहकार्यका बिषयमा जानकारी गराए ।
कार्यक्रममा नेपाल व्यवसायीक योग्यता प्रणाली परियोजनाका सुवास सुवेदीले राष्ट्रिय व्यवसायिक योग्यता, परिचय, सान्दर्भिकता र निजी क्षेत्रको भूमिका, प्रविधि संयोजक सुक बहादुर चौधरीले राष्ट्रिय व्यवसायिक प्रणालीका बिषयमा जानकारी गराए । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यझ दिल सुन्दर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । गाेरखापत्रबाट












प्रतिक्रिया दिनुहोस्